८ बैशाख २०८१, शनिबार

एमबाप्पे चम्कँदा नेदरल्यान्ड्समाथि फ्रान्सको सानदार जित

प्रकाशित मिति :  25 March, 2023 9:33 am


काठमाडा्रँ । नवनियुक्त कप्तान केलियन एमबाप्पे उत्कृष्ट प्रर्दशनमा फ्रान्सले सानदार जित हात पारेको छ । शुक्रबार राती फ्रान्सको घरेलु मैदानमा युरो छनोटका लागि भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४–० को सानदार जित रचेको हो ।

फ्रान्सको जितमा एमबाप्पेले दुई गोलसँगै एक असिस्ट गर्दा उपकप्तान एन्टोइन ग्रिजमन र डेअट उपमेकानोले समान एक गोल गरे ।

खेलमा घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । उनले कप्तान एमबाप्पेको पासमा गोल गरे । आठौं मिनेटमा डेअट उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे ।

खेलको २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सले सहज जिततर्फ अघि बढाए । ८८औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सको सानदार जित पक्का गराए ।

यस जितसँगै समूह ‘बी’ मा रहेको फ्रान्सले ३ अंक बटुलेको छ ।



प्रतिक्रिया दिनुहोस !