१२ बैशाख २०८१, बुधबार

पाकिस्तानको लज्जास्पद हार, अफगानिस्तानले रच्याे इतिहास

प्रकाशित मिति :  25 March, 2023 9:57 am


काठमाडाैँ । अफगानिस्तानले टी–२० क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई पराजित गर्दै इतिहास रचेको छ । जितसँगै अफगानिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

कप्तान बाबर आजम लगायतका आफ्ना पाँच जना अग्रपंक्तिका खेलाडी बिना मैदान उत्रिएको पाकिस्तानले अफगानिस्तान विरुद्ध शारजाह क्रिकेट स्टेडियममा ९२ रनमा सिमित भयो।

जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।अफगानिस्तानको जितमा मोहम्मद नाबी ३८ बलमा ३ चौका र १ छक्कासहित ३८ रनमा अविजित रहे । नाजिबउल्लाह जद्रान २३ बलमा २ चौकासहित १७ रनमा अविजित रहे ।

एक समय ४५.४ को अवस्थामा पुगेको अफगानिस्तानलाई नाबी र जद्रानले ४८ रनको अविजित साझेदारी गरेका थिए ।

पाकिस्तानका इहसानउल्लाहले ३.५ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । नसिम शाह र इमाद वासिमले एक एक विकेट लिए ।

पाकिस्तानका इमाद वासिमले ३२ बलमा सर्वाधिक १८ रन बनाए । डेब्यू खेल खेलेका सैम अयुब १५ बलमा २ चौका र १ छक्कासहित १७ रनमा आउट भए ।

अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर रहमान र मोहम्मद नाबीले दुई दुई विकेट लिए । कप्तान राशिद खान, नविन उल हक र आजमतुल्लाह ओमरजाईले एक एक विकेट लिए ।

दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस !