७ बैशाख २०८१, शुक्रबार

टी-२० मा कीर्तिमानी लक्ष्य पूरा गर्दै वेष्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

प्रकाशित मिति :  27 March, 2023 8:11 am


काठमाडौँ । टी-२० क्रिकेट इतिहासमै सर्वाधिक लक्ष्य पूरा गर्दै दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई पराजित गरेको छ । २ सय ५९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले दोस्रो टी–२० खेलमा वेस्ट इन्डिजलाई छ विकेटले पराजित गरेको छ ।

सेन्चुरियनमा भएको खेलमा दक्षिण अफ्रिकाले २५९ रनको लक्ष्य ७ बल अगावै ४ विकेट गुमाएर पूरा गरेको हो। जितपछि दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १/१ को बराबरी गरेको छ ।

विशाल लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका लागि ओपनरद्वय क्विन्टन डी कक र रेजाले पहिलो विकेटका लागि १०।५ ओभरमै १५२ रनको साझेदारी गरेका थिए । डी ककले ४४ बल खेल्दै ९ चौका र ८ छक्का मदतमा १०० रन बनाए । रेजाले २८ बलमा ११ चौका र २ छक्का प्रहार गरी ६८ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले जोहनसन चार्ल्सको शतकमा ५ विकेट गुमाएर २५८ रन बनाएको थियो । चार्ल्सले ४६ बल खेल्दै १० चौका र ११ छक्का मद्तमा ११८ रन बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस !