१५ चैत्र २०८०, बिहिबार

चारदेशीय ह्विलचेयर क्रिकेटको सेमिफाईनलमा नेपाल भारतसँग ८ विकेटले पराजित

प्रकाशित मिति :  27 March, 2023 5:55 pm


काठमाडौँ । भारतको गुजरात अवस्थित प्रतापनगर पुलिस हेडक्वाटर ग्राउण्ड , बधौरामा सम्पन्न चारदेशीय ह्विलचेयर टुर्नामेन्टको सेमिफाईनलमा भारतीय ह्विलचियर टिमले नेपाली ह्विलचियर टिमलाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित १५ ओभरको खेलमा ७ विकेट गुमाउदै ९४ रनको योगफल तयार गरेको थियो । जबाफमा ९५ रनको बिजयी लक्ष्य लिएर ब्याटिङमा आएको भारतीय टिमले १२.१ ओभर ब्याटिङ गर्दै २ विकेटले क्षतिमा जित पारेको छ ।

नेपालको लागि सागर पाण्डेले २२ तथा राजुले २० रनको योगदान गरेका थिए अन्य ब्याटरहरू दोहोरो स्कोर बनाउन पनि सकेनन । नेपाललाई कम स्कोरमै समेट्ने क्रममा भारतका बलर मोहन तिवारी तथा शंकर अन्वरले २/२ विकेट लिएका थिए , भरत तथा तुलसी खुशवाहले समान १/१ हात पारे ।

भारतको तर्फबाट ब्याटिङमा आएका मुकेश योगीले आउट हुनुपुर्व ३६ रनको योगदान दिदै बिजयीको आधार तय गरेका थिए तथा अमित बिन्द्राले २७ रनमा नट आउट रहदै टोलीलाई बिजयी दिलाएका थिए । नेपालको लागि दिगम सिंहले २ विकेट लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !