२० मंसिर २०८२, शनिबार

दक्षिण अफ्रिकाविरूद्धको टी-२० सिरिजमा वेष्टइन्डिज विजयी

प्रकाशित मिति :  29 March, 2023 7:53 am


Cricket – Third Twenty20 – South Africa v West Indies – Wanderers Stadium, Sandton, South Africa – March 28, 2023 West Indies’ Nicholas Pooran hits a six REUTERS/Siphiwe Sibeko

काठमाडौँ । घरेलु टोली दक्षिण अफ्रिकाविरूद्धको अन्तर्राष्ट्रिय टी-२० सिरिज वेष्टइन्डिजले जितेको छ। गएराति भएको सिरिजकाे निर्णायक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै वेष्टइन्डिजले तीन खेलको शृंखला २-१ ले जितेको हो।

वेष्टइन्डिजले दिएको २२१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २१३ रन मात्र बनाउन सक्यो।

त्यसअघि जोहान्सवर्गमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित २०ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनाएको थियो। वेष्टइन्डिजका रोमारियो सेफर्डले सर्वाधिक ४४ रन बनाए। यस्तै निकोलस पुरनले ४१ रन बनाउँदा ओपनर ब्रान्डम किङले ३६ रन बनाए।

दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुंगिसानी एनगिडी, अनरिख नार्खिएले समान २-२ विकेट लिए।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ८३ रन बनाए। ४४ बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे। राइली रोसोउले ४२ रन बनाउँदा कप्तान एडेन माक्ररम अभिजित ३५ रन बनाए।

वेष्टइन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक ५ विकेट लिए।



प्रतिक्रिया दिनुहोस !