६ जेष्ठ २०८१, आइतबार

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको सहज जित

प्रकाशित मिति :  2 April, 2023 8:24 am


काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेलाई ४-० गोल अन्तरले हराएको हो ।

फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल तथा अन्सु फाती र फेरान टोरेसले एक एक गोल गरे पछि बार्सिलोनाले सहज जीत निकाल्न सफल भएको हो ।

खेलको २० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ५६ औं मिनेटमा फातीले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो । खेलको ६६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ७० औं मिनेटमा टोरेसले गोल गर्दा बार्सिलोना ४-० ले विजयी भयो ।

जितसँगै बार्सिलोना २७ खेलबाट ७१ अंकसहित शिर्ष स्थानमा छ भने पराजित इल्चे १३ अंक जोडेर पुछारमा छ । बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १५ अंकको अग्रता बनाएको छ । सन् २०१९ पछि पहिलो लिग उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोनाले अंक फराकिलो बनाउँदै लगेको छ ।



प्रतिक्रिया दिनुहोस !