६ जेष्ठ २०८१, आइतबार

आईपीएलमा लखनउको विजयी सुरुवात

प्रकाशित मिति :  2 April, 2023 8:37 am


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लखनउ सुपर जायन्ट्सले विजयी सुरुवात गरेको छ । लखनउले शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

जितका लागि १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा नौ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । दिल्लीलाई १४३ मै समेट्ने क्रममा लखनउका मार्क वुडले पाँच विकेट लिए।

दिल्लीका ओपनर पृथ्वी शा १२ रनमा बोल्ड हुँदा मिचेल मार्श शुन्य रनमा आउट भए । राइली रोसोउ ३० रन बनाउदा दिल्लीका कप्तान डेविड वार्नरले ५६ रन बनाएपनि जितका लागि प्रयाप्त हुन सकेन ।

लखनऊको जितमा मार्क वुडले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । वुड आइपिएल २०२३ मा पाँच विकेट लिने पहिलो खेलाडी हुन् । रवि विश्रोईले २ विकेट लिदा आवेश खानले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !