६ जेष्ठ २०८१, आइतबार

‘समाज र नागरिकहरूलाई सभ्य बनाउन खेलाडीहरू अनुशासित हुन आवश्यक’

प्रकाशित मिति :  4 April, 2023 5:27 pm


काठमाडाैँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समाज र नागरिकहरूलाई सभ्य बनाउन खेलाडीहरू अनुशासित हुन आवश्यक रहेको बताए ।

मंगलबारबाट काठमाडौँमा शुरु भएको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप, २०२३ लाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन्न ।

नेता सिंहले जुनसुकै विधाका खेलाडीहरू पनि अनुशासित भएर खेलमा प्रश्तुत हुँदा उनीहरूका गतिविधिले समाज परिवर्तन गर्न र सभ्य समाजको निर्माण गर्न सहयोग पुग्ने बताए । खेलाडीहरूबाट अनुशासित नागरिक उत्पादन गर्न सकिने र खेलले स्वस्थ बनाउने मात्रै नभइ समाज सभ्य राख्न महत्वपूर्ण भुमिका खेल्ने बताएका हुन् ।

उनले भने, ‘खेलाडीहरू जुनसुकै विधाका किन नहुन्, फुटबल, क्रिकेट, भलिबल, ब्यामिन्टन, टेबलटेनिस सबै किसिमका खेलाडीहरूले नेपाली नागरिकलाई असल नागरिक बनाउनमा खेलाडीहरू अनुशासित हुनुपर्छ । खेलाडीहरुबाट अनुशासित नागरिक उत्पादन गर्न सकिन्छ, यसलाई मध्यनजर गरेर हामी अघि बढ्नुपर्छ ।’

नेता सिंहले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलाडीहरू उत्पादन स्थल भएको र यस प्रतियोगिता खेलाडीहरूका लागि पनि राष्ट्रिय स्तरमा छनोट हुने माध्यम बन्ने बताए ।



प्रतिक्रिया दिनुहोस !