६ जेष्ठ २०८१, आइतबार

वीर गणेशमान सिंह बक्सिङ प्रतियोगिता शुरु

प्रकाशित मिति :  4 April, 2023 5:39 pm


काठमाडाैँ । वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप मंगलबार राजधानीमा शुरु भएको छ । वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षणको हलमा मंगलबारबाट शुरु भएको हो ।

प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न ६ तौल समूहमा खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । चैत २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १० टोलीका १ सय ४० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।

प्रत्येक विधाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थानको खेलाडीले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । जस अन्तर्गत पुरुषतर्फ ५१, ५७, ६३.५, ७१, ८० र ९२ केजी तौल समूह र महिलातर्फ ५०, ५४, ५७,६०, ६८ र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा हुँदैछ ।

प्रतियोगितामा तीन विभागीय टोलीका साथै सात प्रदेशका खेलाडीले सहभागि जनाएका छन् । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले गरेका हुन् । 



प्रतिक्रिया दिनुहोस !