६ जेष्ठ २०८१, आइतबार

लिभरपुलसँग चेल्सीको बराबरी

प्रकाशित मिति :  5 April, 2023 8:34 am


काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा मंगलबार लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन् । स्टायनफोर्ड ब्रिजमा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अंक बाडेका हुन् ।

५०औं मिनेटमा काई हाभर्टजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी अग्रता लिनबाट चुक्यो । व्यवस्थापक ग्राहम पोटरलाई बर्खास्त गरेयता चेल्सीको जिम्मेवारी ब्रुनो साल्टरले सम्हालेका छन् ।

योर्गन क्लोपले भने म्यानचेस्टर सिटीविरुद्ध बेहोरेको हारको खेलबाट ६ खेलाडी परिवर्तन गर्दै उनले टिम मैदानमा उतारेका थिए ।

बराबरीपछि २८ खेलबाट ४३ अंकसहित लिभपुल आठौं स्थानमा छ भने २९ खेलबाट ३९ अंङ्क रहेको चेल्सी ११औं स्थानमै छ ।



प्रतिक्रिया दिनुहोस !