५ जेष्ठ २०८१, शनिबार

आईपीएलमा हैदराबादसँग कोलकाता २३ रनले पराजित

प्रकाशित मिति :  15 April, 2023 9:32 am


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ । गएराति कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाता पराजित भएको हो ।

कप्तान नितिश राणा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङको बाबजुद कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १९ औं खेलमा सनराइजर्स हैदराबादसँग पराजित हुन पुग्यो ।

जितको लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो । कोलकाताका कप्तान नितिश राणाले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै, रिङ्कु सिंह ५८ रनमा अविजित रहे ।

हैदराबादका मार्को जनसन, मयङ्क मारकान्डेले समान २ विकेट लिए । त्यस्तै, भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले समान एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो ।

हैदराबादको जितमा ओपनर ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्कासहित १ सय रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए । कोलकाताका आन्द्रे रसेलले ३ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !