५ जेष्ठ २०८१, शनिबार

लिग अनिश्चित भएपछि बी डिभिजन क्लवको सांकेतिक विरोध

प्रकाशित मिति :  16 April, 2023 7:32 pm


वैशाख । शहीद स्मारक बी डिभिजन लिग अनिश्चित भएको भन्दै आईतवार शहीद स्मारक ए डिभिजन लिगको दौरानमा बी डिभिजन क्लवले सांकेतिक विरोध गरेका छन् । 

च्यासल मैदानमा शहीद स्मारक ‘ए’ डिभजिन लिग अन्तर्गत संकटा र एपिएफबीचको खेलका दौरान ‘बी’ डिभिजन लिग क्लबले प्रश्नबाचक चिन्हसहित सांकेतिक विरोध गरेका हुन् । विभिन्न पम्प्लेट लिएर उपस्थित भएका ‘बी’ डिभिजन लिगका पदाधिकारीले प्लेकार्डमा ‘बि’ डिभिजन ? लेखेर प्रदर्शन गरेका थिए ।

बिरोध  प्रदर्शनमा उत्रिएका सरस्वती युथ क्लवका एक पदाधिकारी शिक्षित पराजुलीले बी डिभिजन लिगलाई हेर्ने दृष्टि तल्लो दर्जाको रहेको र चाँडो भन्दा चाँडो मिति तय गरेर खेलाडीलाई खेल्ने वातावरण मिलाउन आग्रह गरे । पराजुलीले खेलको दौरानमा गरेको प्रदर्शन एन्फालाई सांकेतिक सुझाव भएको बताए।

‘यो विरोध भन्दा पनि सांकेतिक सुझाव हो । एन्फाले यसलाई गहन रुपमा लिन्छ भन्ने आशा छ । हामीलाई एन्फाले ‘ए’ डिभिजन भन्दा तल्लो दर्जामा राखेर हेरिरहेको छ,’ उनले भने, ‘चाँडो भन्दा चाँडो लिगको मिति तय गरेर खेलाडीलाई खेल्न वातावरण मिलाउनु पर्छ । यदी लिग चाँडो भएन भने लिगहरु धरासायी हन्छन्, समयमै यसको व्यस्थापन गररे समयमै समाधन गर्नुपर्छ ।’

अखिल नेपाल फुटबल संघ एन्फाले शुरुमा चैत १५ मा हुने तय भएको लिग एन्फाले चैत २९ मा सारेको थियो । आर्थिक विषयलाई उल्लेख गर्दै एन्फाबाट लिग हुन्न भन्ने भएपछि लिग क्लवहरुले बिरोध गरेका हुन् । क्लवहरुले क्षतीपूर्तीको माग पनि गरिहेका छन् ।  



प्रतिक्रिया दिनुहोस !