८ बैशाख २०८१, शनिबार

कोकाकोलाले नेपालमा रू.९ अर्बभन्दा बढी कर छलेको पुष्टि

प्रकाशित मिति :  18 April, 2023 7:20 am


Coca cola BNL_TMG

काठमाडौं । बहुराष्ट्रिय पेयपदार्थ-कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको पाँच पटकसम्म स्वामित्व किनबेचका क्रममा नेपाललाई तिर्नुपर्ने ९ अर्ब रुपैयाँभन्दा बढीको कर राजस्व छली गरेको देखिएको छ ।

राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागरठूला करदाता कार्यालयसमेतको सहभागितामा गरिएको अनुसन्धानबाट ९ अर्ब रुपैयाँभन्दा बढी कर छली गरेको पुष्टि भएको हो ।

बोटलर्स नेपालको करछलीबारे टक्सार म्यागजिनले विस्तृत खुलासा गरेको थियो । अध्ययनका क्रममा थप करछली गरेको भेटिएको छ ।

अमेरिकाको एटलान्टामा रहेको द कोकाकोला कम्पनीले पटक पटक अफसोर कम्पनीमार्फत नेपालको बोटलर्स नेपाल लिमिटेडसहित विकासशील मुलुकहरूका बोटलिङ प्लान्टको किनबेच कारोबार गर्दै आएको छ ।

पछिल्लो पटक द कोकाकोला कम्पनीको मुख्य लगानी संयन्त्र बोटलिङ इन्भेस्टमेन्ट ग्रुप बीआईजीमार्फत बोटलर्स नेपालको स्वामित्व किने पनि कागजी रूपमा यूरोपियन रिफ्रसमेन्टलाई स्वामित्वकर्ता देखाइएको छ ।

सन् २००४ मा द कोकाकोलाकै मुख्य स्वामित्वमा रहेको फिजर एन्ड नीभ, सिंगापुरबाट गुत्से परिवारले नेपालसहित तीन मुलुकको स्वामित्व किनेको थियो ।

एक दशकसम्म बोटलर्स नेपालको सञ्चालन, नियन्त्रण र व्यवस्थापन जिम्मा लिएको दक्षिण अफ्रिकाको गुत्से परिवारले सन् २०१४ मा आफ्नो सत प्रतिशत स्वामित्व पुनः बीआईजीलाई बेचेको हो । मूल कम्पनीले स्वामित्व लिएपछि नेपालका कर्मचारीलाई पठाएको इमेलमा बीआईजीले स्वामित्व लिएको उल्लेख छ ।
विस्तृत टक्सार म्यागजिनको वैशाख अंकमा



प्रतिक्रिया दिनुहोस !