२७ माघ २०८२, मंगलबार

आज अक्षय तृतीया,जौँ को सातु खाएर मनाइँदै

प्रकाशित मिति :  23 April, 2023 7:55 am


काठमाडौँ । आज अक्षय तृतीया । हरेका वर्ष वैशाख शुक्ल तृतीयाका दिन जौको सातु र सर्वत खाएर यो दिनलाई विषेश दिनको रुपमा मनाइन्छ ।

गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ ।

वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो। यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको जन्म भयो । त्यसैले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो शास्त्रमा उल्लेख गरेकाे पाइन्छ ।

आजका दिन बाटोमा हिडिरहेका बटुवालाई सातु सर्तव खुवाउनाले पुन्य कमाउने जन विश्वास रहि आएको छ । अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुने विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !