अर्शदिपको उत्कृष्ट बलिङमा पञ्जाब विजयी
काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको छ ।
गएराती मुम्बईको घरेलु मैदान वाङखडे स्टेडियममा पन्जाबले दिएको २१५ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। पन्जाबको जितमा अर्शदिप सिंहले नायक बने ।
मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । तर पञ्जाबका बलर अर्शदीप सिंहले उत्कृष्ट बलिङ गर्दै २ रन मात्र दिएर २ विकेट लिएपछि मुम्बई पराजित भएको हो ।
मुम्बईका लागि क्यामरुन ग्रीन र सूर्यकुमार यादवले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन । ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६७ रन बनाए । सूर्यकुमारले २६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५७ रन बनाए ।
बलिङतर्फ पञ्जाबका अर्शदिप सिंहले चार विकेट लिँदा नाथन इलिस र लियम लिभिङ्स्टोनले एक विकेट लिए।
टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले ८ विकेटको क्षतिमा २१५ रन बनाएको थियो।
पञ्जाबका लागि कप्तान शाम कुरानले २९ बलमा ५ चौका र ४ छक्काको मद्दतबाट ५५ रन बनाए।
हरप्रित सिंहले २८ बलमा ४ चौका र दुई छक्का प्रहार गरी ४१ रन बनाए। अथर्व ताइडेले २९, प्रभशिम्रन सिंहले २६, जितेस शर्माले २५ र म्याथ्यू सर्टले ११ रनको योगदान गरे।
बलिङमा मुम्बईका क्यामरून ग्रीन र पियुस चावलाले दुई विकेट लिए।








