महारेजको ह्याट्रिकमा सिटी एफए कपको फाइनलमा
काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनल प्रवेश गरेको छ। अल्जेरियन फरवार्ड रियाद महारेजको ह्याट्रिक मद्दतमा सिटीले फाइनलमा प्रवेश पाएको हो ।
वेम्बलीमा स्टेडियम लन्डनमा गएराती भएको सेमिफाइलन खेलमा सेफिल्ड युनाइटेडलाई पराजित गर्दै सिटी फाइनलमा पुगेको हो।
सिटीले च्याम्पियनसिप क्लब सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । सिटीले खेलको सुरुवातदेखि नै सेफिल्डमाथि दवाव बढाएपनि गोलको लागि पहिलो हाफको अन्तिम समयमा पेनाल्टीको सहारा नै लिनु परेको थियो ।
४३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिलो हाफका १–० को अग्रता दिलाए । ड्यानिउल जेविसनले बर्नाडो सिल्भालाई स्लाइड फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गर्दा महारेज चुकेनन् ।
६१औं मिनेटमा महारेजले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा ज्याक ग्रेलिसको पासमा महारेजले ह्याट्रिक पूरा गर्दै सिटीलाई सहज जित दिलाएर फाइनलको यात्रा तय गराए ।
अब सिटीले उपाधिका लागि ३ जुनमा म्यानचेस्टर युनाइटेड र ब्राइटन होव अल्वियोनबीचको विजेतासँग खेल्नेछ ।








