१२ श्रावण २०८१, शनिबार

भारतमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्रयाे, परीक्षणका लागि गएका चिकित्सकमाथि आक्रमण

प्रकाशित मिति :  15 April, 2020 6:23 pm


एजेन्सी, ३ बैशाख ।

भारतमा कोरोना संक्रमतिको संख्या ११ हजार पार गरेको छ ।

भारतको परिवार एवं स्वास्थ्य कल्याण मन्त्रालयका सचिव लव अग्रवालले पत्रकार सम्मलनमा संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको जानकारी गराएका छन । मृतकको संख्या ३ सय ७७ पुगेको छ ।

हिजो मात्रै तीन हप्ता लकडाउन थप गरिएको भारतमा कोरोना संक्रमको फैलावट तिब्र देखिएको छ ।

यसैबीच उत्तर प्रदेशको मुरादाबादमा मेडिकल टिममाथी ढुंगामुढा हुँदा एक चिकित्सक र तीन प्रहरी घाईते भएका छन् ।

कैयौं गाडी क्षतिग्रस्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कोरोना भाइरसका संक्रमित व्यक्तिलाई जाँच गर्न गएका बेला स्थानीयले चिकित्सक र स्वास्थ्यकर्मीमाथी आक्रमण गरेका थिए । स्थानीयवासीले चिकित्सक र स्वास्थ्यकर्मीको साथमा गएको एम्बुलेन्स र प्रहरीमाथी समेत आक्रमण गरेका थिए ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ढुंगामुढा गर्नेमाथी कारवाही गर्न निर्देशन दिएका छन् ।

अहिलेसम्म उत्तर प्रदेशमा कारोनाबाट ७ सय २७ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्युभएको छ ।



प्रतिक्रिया दिनुहोस !