२० मंसिर २०८२, शनिबार

एसीसी प्रिमियर कप समुह चरणको अन्तिम खेलमा नेपाल विजयी

प्रकाशित मिति :  27 April, 2023 3:31 pm


काठमाडौँ । एसीसी प्रिमियर कपको समुह चरणको अन्तिम खेलमा नेपालले कतारलाई पराजित गरेको छ ।

नेपालले कतारलाई ६८ रनले पराजित गरको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५. १ ओभरमा ८९ रनमा समेटियो ।

कतारलाई सस्तैमा रोक्न नेपालका सन्दिप लामिछानेले पाँच, सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए । कतारका खुरम शाहजाद र जाहिर इब्राहिमले समान १५ रन बनाए भने आमिर फारुकले १४ रन बनाए ।

अन्य खेलाडी सस्तैमा आउट भए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरमा १५७ रन बनाउँदा सबै विकेट गुमायाे । सन्दिपले उत्कृष्ट प्रदर्शन गर्दै कतारविरुद्ध ब्याटिङमा सर्वाधिक ४२ रनको पारी खेले भने बलिङमा ९.१ ओभरमा तीन मेडन ओभरसहित १४ रन खर्चेर पाँच विकेट लिए ।

नेपालले खराब सुरुवात गरेको थियो । ९ रन बनाउँदा दुई विकेट गुमाएको नेपालका ओपनर कुशल भुर्तेल दुई तथा भिम सार्की ६ रन बनाउँदै आउट भएका थिए ।

रोहित पौडेलले २७ रन बनाउँदा आशिफ शेख १९, दिपेन्द्र सिंह ऐरीले १२ रनको योगदान गरे । सोमपाल कामी र आरिफ शेखले समान ११ रनको योगदान गरेका थिए । नेपालका कुशल मल्ल तीन, गुल्शन झा सात रन र ललित राजवंशी एक रन मात्रै बनाएर आउट भए ।

कतारका लागि आमिर फारुकले सर्वाधिक चार विकेट, बवाइस अहमदले तीन र गयान मुनाविराले दुई र इक्रामुल्लाह खानले एक विकेट लिए । नेपालले कतारलाई पराजित गरेसँगै समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस !