कुवेतविरूद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल, ओपनरले लय समाउदै
काठमाडौँ । नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो।
नेपाली टिममा एक परिवर्तन गरिएको छ। गुल्शन झाको स्थानमा करण केसी टिममा परेका छन्।
घरेलु टोली नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।
नेपाली टिममा आज रोहित पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप लामिछाने, कुशल मल्ल र आरिफ शेख मैदान उत्रिदैँ छन् ।
यो समाचार तयार पर्दासम्म नेपालले सात ओभरको समाप्तिमा विकेट विकेटको क्षती विना ७० रन बनाएर उत्कृष्ट सुरुवात गरेको छ ।








