२० मंसिर २०८२, शनिबार

नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बन्दै एसिया कपका लागि छनौट

प्रकाशित मिति :  2 May, 2023 11:54 am


काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेसँगै एसिया कपका लागि समेत छनौट भएको हो ।

नेपालले अब आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्नेछ।

युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।



प्रतिक्रिया दिनुहोस !