ए डिभिजन लिग: आज तीन खेल हुँदै
प्रकाशित मिति : 3 May, 2023 10:08 am
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् ।
दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । हुनेछ । रंगशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लव र चर्च ब्वाइज क्लवबीच प्रतिष्पर्धा हुनेछ । फ्रेण्ड्स र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।
रंगशालामै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच प्रतिष्पर्धा हुनेछ । आर्मी र मनाङबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।
यस्तै च्यासल मैदानमा रोयल ब्लु सातदोबाटो युथ क्लव र हिमालयन शेर्पा क्लवबीच प्रतिष्पर्धा हुनेछ । सातदोबाटो र हिमालयनबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।








