२० मंसिर २०८२, शनिबार

क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति :  3 May, 2023 1:13 pm


काठमाडौं । सरकारले क्रिकेट खेलाडीहरुलाई जनही ६ लाख रुपैयाँ दिने घोषणा गरेको छ । एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।



प्रतिक्रिया दिनुहोस !