५ जेष्ठ २०८१, शनिबार

सन्दिप रायमाझीलाई ३ दिन थुनामा राख्न अदालतले दियो अनुमति

प्रकाशित मिति :  4 May, 2023 2:41 pm


काठमाडौं । एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । बुधबार साँझ भैरहवाबाट पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले प्रहरीलाई तीन म्याद दिएको हो।

प्रहरीले हिजो (बिहीबार) भैरहवामा पक्राउ गरेर सन्दिपलाई आज बिहान बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याएको थियो ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगि गरेको आरोपमा रायमाझीका बाबु छोरालाई नै प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

नेकपा एमालेका सचिव एवम् अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो ।

सन्दीप पक्राउ परे पनि टोपहादुर अहिलेसम्म पक्राउ नपरेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।



प्रतिक्रिया दिनुहोस !