२० मंसिर २०८२, शनिबार

ए डिभिजन लिगः आज दुई खेल हुँदै

प्रकाशित मिति :  7 May, 2023 10:58 am


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आईतवार दुई खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आईतवार दुई खेलहरु हुनेछन् । दुवै खेल दिउँसो ३ बजेबाट शुरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मच्छिन्द्र फुटबल क्लव र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ । यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लव र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !