६ जेष्ठ २०८१, आइतबार

आजदेखि कक्षा १२ को परीक्षा सुरु

प्रकाशित मिति :  9 May, 2023 7:19 am


काठमाडौँ । आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार विहान ८ बजेबाट परीक्षा सुरु हुनेछ ।

परीक्षाका लागि १ हजार ४५३ परीक्षा केन्द्रमा तोकिएको छ । जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि चार लाख ६७ हजार ३८९ विद्यार्थीहरुले फारम भरेका छन् ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्। विधार्थीले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।

यसअघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष परीक्षा दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो ।



प्रतिक्रिया दिनुहोस !