६ जेष्ठ २०८१, आइतबार

ए डिभिजन लिगः आज तीन खेल हुँदै

प्रकाशित मिति :  9 May, 2023 10:00 am


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज ३ खेल हुँदैछन् । दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् ।

खेल दिउँसो ३ बजे र साँझ ६ बजेबाट शुरु हुनेछन् । च्यासलमा ३ बजे शुरु हुने खेलमा शंकटा क्लव र रोयल ब्लू सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

त्यस्तै दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा थ्रि स्टार क्लव र न्युरोड टिमबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै आज नै दशरथ रंगशालामा हुने दोस्रो खेलमा साँझ ६ बजे जावलाखेल युथ क्लव र हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !