६ जेष्ठ २०८१, आइतबार

ए डिभिजन लिग : आज तीन खेल हुँदै

प्रकाशित मिति :  16 May, 2023 9:59 am


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।

जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । आज च्यासल मैदानमा नेपाल पुलिस क्लव र एपीएफ फुटबल क्लवबीच खेल हुनेछ ।

खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ । त्यस्तै दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लव र थ्रि स्टार क्लवबीच दिउँसो ३ बजेबाट खेल शुरु हुनेछ भने रंगशालामा नै साँझ ६ बजे हुने खेलमा रोयल ब्लु सात दोबाटो र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !