६ जेष्ठ २०८१, आइतबार

ए डिभिजन लिगः आज तीन खेल हुँदै

प्रकाशित मिति :  18 May, 2023 10:23 am


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसमा २ खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

च्यासल मैदानमा मनाङ मस्र्याङ्दी क्लव र संकटा क्लवबीच दिउँसो ३ बजे खेल हुनेछ भने दशरथ रंगशालामा दिउँसो ३ बजे फ्रेण्ड्स क्लव र मच्छिन्द्र फुटबल क्लवबीच खेल हुनेछ ।

त्यस्तै साँझ ६ बजे रंगशालामा हुने खेलमा न्युरोड टिम र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !