६ जेष्ठ २०८१, आइतबार

राजस्थान ४ विकेटले विजयी, प्लेअफको सम्भावना जिवितै

प्रकाशित मिति :  20 May, 2023 8:40 am


काठमाडौँ । पञ्जाब  किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग(आइपीएल)को प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ।

धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको सिजनको ६६ औं खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।

पञ्जाब ले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जैसवाल र देवदत्त पडिकलले अर्धशतकीय ईनिङ खेले ।

पञ्जाब का लागि कागिसो रबाडाले २ तथा राहुल चहर,साम करन,नाथन एलिस र अर्शदिप सिंहले समान १र१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । राजस्थानका लागि नवदिप सैनीले ३ तथा ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १र१ विकेट लिए ।

यस सिजनको आइपिएलमा पञ्जाब प्लेअफको दौडबाट बाहिरिएको छ । प्लेअफमा प्रवेश गर्न राजस्थानले अब मुम्बईको हार र बेंगलुरुको हार पर्खनुपर्छ ।



प्रतिक्रिया दिनुहोस !