६ जेष्ठ २०८१, आइतबार

ए डिभिजन लिगः आज तीन खेल हुँदै

प्रकाशित मिति :  21 May, 2023 9:52 am


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् ।

खेलहरु दशरथ रंगशाला र च्यासल मैदानमा हुनेछन् । च्यासल मैदानमा दिउँसो ३ बजे हुने पहिलो खेलमा न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लवले प्रतिष्पर्धा गर्नेछन् भने दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने खेलमा एपीएफ फुटबल क्लव र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच खेल हुनेछ ।

त्यस्तै साँझ ६ ब्जे दशरथ रंगशालामा जावलाखेल युथ क्लव र संकटा क्लवबीच खेल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !