२ माघ २०८२, शुक्रबार

रिभरसङको नयाँ इयरबड ‘एयरफ्लाई एल३’ नेपाली बजारमा

प्रकाशित मिति :  21 May, 2023 11:11 am


काठमाडौँ । रिभरसङले नयाँ मोडलको ईयरबड्स नेपाली बजारमा भित्र्याएको छ। केमियो इन्टरनेशनल प्रा। लि।ले रिभरसङको नयाँ ‘एयरफ्लाई एल ३’ नामक ईयरबड ल्याएको हो।

यसमा इन्भाइरोमेन्टर न्वाइज क्यान्सिलेसनको फिचर रहेको एयरफ्लाई एल ३ ले प्रत्येक साउण्डमा उत्साहित बनाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एचडी स्टेरियो साउण्ड र लसलेस अडियोको सुबिधा रहेको छ। यस्तै भ्वाइस असिस्टेन्ट र सिरीलाई यसमा राखिएको छ जसले कमाण्डको आधारमा मनपर्ने कार्य गर्न सकिन्छ।

ब्लुटुथस् ५।३ कनेक्सन, स्वीट प्रुफ अर्थात पसिनाले असर नगर्ने प्रमाण आईपीएक्स ५।० रहेको छ भने १० मिटरसम्म डिभाइसमा कनेक्सन हुनसक्ने कम्पनीले जनाएको छ ।

एयरफ्लाई एल ३ मा २५ एमएएचको ब्याट्री क्षमता तथा चार्जिङ केसमा २०० एमएएच ब्याट्री क्षमता रहेको छ। जसले ५ घण्टासम्म निरन्तर प्लेब्याक गर्न सकिनेछ।

टाइप९सी चार्जिङ इन्टरफेस भएको यो ईयरबड क्यालिफोर्निया संयुक्त राज्य अमेरिकामा डिजाइन गरिएको हो। जसमा १ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !