५ जेष्ठ २०८१, शनिबार

आइपीएलमा फाइनल प्रवेशका लागि गुजरात र चेन्नाई भिड्दै

प्रकाशित मिति :  23 May, 2023 9:37 am


काठमाडौँ । साबिक विजेता गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेलमा आज मंगलबार खेल्दै छन् ।

चेन्नाईको घरेलु मैदान एमए चेन्नास्वामी क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायर खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको गुजरात चेन्नाईलाई पराजित गरि लगातार दोस्रो पटक फाइनल पुग्ने योजनामा मैदान उत्रिदै छ। विगतमा चेन्नाई विरुद्धको तीनवटै खेलमा जित हासिल गरेको हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टाइटन्सले यस पटक ठूलो चुनौती सामना गरेको छ।

यता अंक तालिकाको दोस्रो स्थानमा रहेको चेन्नाई घरेलु सर्मथकको सामु अघिल्लो हासको बदला लिदै गुजरातलाई पराजित गरि सिधै फाइनल प्रवेशको योजनासहित मैदान उत्रिदै छ ।

पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ भने पराजित टोलीले फाइनलमा प्रवेशको अर्को मौका पाउने छ । ईलिमिनेटरको विजेता टोलीसँग पहिलो क्वालिफायरमा पराजित टोलीले खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !