५ जेष्ठ २०८१, शनिबार

युभेन्ट्सलाई १० अंकको पेनाल्टी, च्याम्पियन्स लिगको सम्भावना टुट्यो

प्रकाशित मिति :  23 May, 2023 9:55 am


काठमाडौँ । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको १० अंक कटौती भएको छ । इटालीको फुटबल महासंघ (एफआईजीसी) ले युभेन्ट्सको १० अंक कटौतीको पेनाल्टी लगाएको जनाएको छ ।

१० अंक कटौतीसँगै युभेन्ट्स सिरी ‘ए’ अंक तालिकाको सातौं स्थानमा झरेको छ । खराब दिन व्यहोरेको युभेन्ट्सको च्याम्पियन्स लिगको सम्भावना समेत टुटेको छ ।

युभेन्ट्सलाई सुरुमा कथित आर्थिक अनियमितता र ट्रान्सफर डिलिङ र नक्कली पुँजीगत लाभ गरेको पुष्टि भएपछि कारवाही स्वरूप १५ अंक कटौती गरिएको थियो । तर म्याक्स एलेग्रीको टोली शीर्ष चारमा फर्किएको हेर्नको लागि एक महिना अघि अपिलमा यसलाई अदालतले खारेज गरिदिएको थियो ।



प्रतिक्रिया दिनुहोस !