शहीद स्मारक ए डिभिजनः आज तीन खेल हुँदै
प्रकाशित मिति : 24 May, 2023 9:50 am

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।
खेलहरु च्यासल मैदान र दशरथ रंगशालामा दिउँसो ३ बजे र साँझ ६ बजेबाट शुरु हुनेछन् ।
च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा एपीएफ फुटबल क्लव र संकटा क्लवबीच खेल हुनेछ भने दशरथ रंगशालामा दिउँसो ३ बजे नै हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लव र न्युरोड टिमबीच खेल हुनेछ ।
त्यस्तै रंगशालामा नै साँझ ६ बजे हुने खेलमा जावलाखेल युथ क्लव र मच्छिन्द फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।