१५ चैत्र २०८०, बिहिबार

काभा भलिबलः फाइनलमा भारत र काजकिस्तान भिड्दै

प्रकाशित मिति :  28 May, 2023 9:48 am


काठमाडौँ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ ।

फाइनलका लागि आज भारत र काजकिस्तानबीच प्रतिष्पर्धा हुन लागेको हो । दुई देशबीचको फाइनल खेल साँझ ४ बजे शुरु हुनेछ । त्यस्तै आज नै तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहान ११ः३० बजे हुने खेलमा उज्वेकिस्तानलाई हराएर नेपाल तेस्रो स्थान हासिल गर्न चाहन्छ ।



प्रतिक्रिया दिनुहोस !