१३ बैशाख २०८१, बिहिबार

जडेजाकाे उत्कृष्ट प्रदर्शनमा चेन्नईलाई पाँचौं पटक आइपिएलको उपाध

प्रकाशित मिति :  30 May, 2023 8:48 am


काठमाडौँ । अलराउन्डर रविन्द्र जडेजा उत्कृष्ट प्रद्धर्शन गर्दा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आइपिएल० मा पाँचौं पटक उपाधि जितेको छ । आइपिएल २०२३ को फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाएको टार्गेट पुरा गर्दै चेन्नई ५ विकेटले विजयी भएको हो ।

जितको लागि निर्धारित १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

चेन्नईलाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो । तीव्र गतिका बलर मोहित शर्माले सानदार बलिङका साथ सुरुवाती चार बलमा मात्रै तीन रन दिएपछि अन्तिम दुई बलमा १० रन चाहिँएको थियो । जडेजो पाँचौं बलमा छक्का प्रहार गर्दै जितको सम्भावना कायमै राखेका थिए । अन्तिम बलमा चार रन चाहिँदा जडेजाले चौकाका साथ च्याम्पियन बनाएका हुन् ।

चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । चेन्नईले २०१० को फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

चेन्नईको जितमा नायक बनेका रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा नट आउट रहे । त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको सानदार इनिङ खेलेपनि उपाधि जिताउन सकेनन् ।



प्रतिक्रिया दिनुहोस !