१३ बैशाख २०८१, बिहिबार

ए डिभिजन लिगः आज तीन खेल हुँदै

प्रकाशित मिति :  1 June, 2023 9:53 am


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

च्यासल मैदानमा फ्रेण्ड्स क्लव र हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ । त्यस्तै आज दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड पटम एनआरटी र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

खेल दिउँसो ३ बजे हुनेछ । त्यस्तै साँझ ६ बजे हुने खेलमा मनाङ मस्र्याङ्दी क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !