१९ बैशाख २०८१, बुधबार

जेठ ७ सम्म बिद्युत महसुस तिर्दा जरिवाना नलाग्ने

प्रकाशित मिति :  18 April, 2020 1:47 pm


काठमाडौं, ६ वैशाख ।

आँउदो जेठ ७ गतेसम्म विद्युत महसुल तिर्दा जरिवाना नलाग्ने भएको छ। यसअघि नै छुट दिने भनिएकोमा ऊर्जामन्त्री वर्षमान पुनले थप स्पष्ट परेका हुन्।

‘विद्युत महसुलको बिषयमा सार्वजनिक चासो र चर्चा देखियो,जेठ ७ गतेसम्म बिद्युत महशुल तिर्दा पनि जरिवाना लाग्दैन’ पुनले फेसबुकमा स्पष्ट पार्दै भनेका छन्, ‘निर्णय र निर्देशन भइसकेकोछ।’

अनलाइनबाट तिर्न सक्नेले महशुल तिरेर प्राधिकरणको बित्तिय जोखिम न्युनिकरणमा सहयोगको लागि भने मन्त्री पुनले आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस !