१३ बैशाख २०८१, बिहिबार

सन्दिप लामिछानेलाई सोमबार दक्षिण अफ्रिका पठाउँदै क्यान

प्रकाशित मिति :  4 June, 2023 3:03 pm


काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

दक्षिण अफ्रिकामा हुने विश्वकप क्रिकेट छनोट खेलको लागि क्यानले सोमबार बेलुका लामिछानेलाई पठाउने तयारी गरेको हो ।

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ । तर यो बीचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन ।

लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंले असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !