६ जेष्ठ २०८१, आइतबार

कोरना भाइरस संक्रमण निको भएकी युवतीलाई प्रधानमन्त्री ओलीको बधाई

प्रकाशित मिति :  18 April, 2020 3:18 pm


काठमाण्डौं, ६ बैशाख।

कोरना भाइरस संक्रमण निको भएकी युवतीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु आइसोलेशनमा उपचार गराईरहेकी काठमाण्डौंकी प्रसिद्धी श्रेष्ठ आज डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल मार्फत बधाई दिएका हुन् ।

उनले उपचारमा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी तथा सम्बद्ध संस्थालाई पनि धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्,‘कोरोना भाइरसबाट संक्रमित दोस्रो बिरामी आज पूर्ण स्वस्थ्य भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक,स्वास्थ्यकर्मीहरु तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद !’

श्रेष्ठ २७ दिनको उपचारपछि आज घर फर्किएकी हुन् ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते काठमाण्डौं आएकी उनी जाँच गराउँदा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कोरोना निको भएर घर फर्कने फर्कने उनी दोस्रो व्यक्ति हुन् । यसअघि चीनबाट फर्किएका एक व्यक्ति पनि उपचार पछि फर्किसकेका छन् । अहिलेसम्म ३० जना संक्रमितको पुष्टि भएकोमा अहिलेसम्म २ जना उपचारपछि घर फर्किएका छन् ।

बाँकीको उपचार भइरहेको छ ।

सम्बन्धित समाचार:



प्रतिक्रिया दिनुहोस !