७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमित युवती टेकु अस्पतालबाट निको भएर घर फर्किन्

प्रकाशित मिति :  18 April, 2020 1:35 pm


काठमाण्डौं, ६ बैशाख।

कोरोना भाइरस संक्रमित एक युवती अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाण्डौंको आइसोलेशनमा उपचार गराईरहेकी काठमाण्डौंकी प्रसिद्धी श्रेष्ठ डिस्चार्ज भएकी हुन् । उनी नेपालमा कोरोना संक्रमित दोस्रो व्यक्ति हुन् ।

उनी २७ दिनको उपचारपछि घर फर्किएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले जानकारी गराएका छन् ।

कोरोना संक्रमितमध्य निको भएर फर्कने उनी दोस्रो व्यक्ति हुन् । उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।यसअघि चिनबाट फर्किएका एक व्यक्ति पनि उपचार पछि फर्किसकेका  छन् ।



प्रतिक्रिया दिनुहोस !