२० मंसिर २०८२, शनिबार

एसीसी महिला टी– २०: नेपालले पायो ८८ रनको लक्ष्य

प्रकाशित मिति :  13 June, 2023 9:46 am


काठमाडौँ । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपमा नेपालले पाकिस्तान ए बिरुद्ध खेल्दैछ ।

नेपालले अहिले टस जितेर पहिला बलिङ गर्दै १९.२ ओभरमा अल आउट गर्दै ८७ रनमा समेट्न सफल भयो । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए बिरुद्ध टस जितेर बलिङ रोजेको थियो ।

हङकङको मङकङ क्रिकेट मैदानमा नेपालले बलिङ रोजेपछि पाकिस्तान ए ले पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो ।

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !