६ बैशाख २०८१, बिहिबार

बाँकेमा आइसोलेशनमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

प्रकाशित मिति :  20 April, 2020 7:54 am


फाईल फोटो

बाँके,८ वैशाख ।

नेपालगञ्ज मेडिकल कलेज,नेपालगञ्जको आइसोलेशनमा शनिबार मृत्यु भएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ ।

भेरी अस्पतालमा गरीएको परीक्षणबाट आइसोलेशनमा मृत्यु भएका गुलरिया नगरपालिका-१ बढैयाका ४२ वर्षीय स्माईल बेहनाको स्वाब नमुना परीक्षण नेगेटिभ आएको हो ।

भेरी अस्पतालमा प्रयोगशाला सञ्चालनमा आएपछि पहिलोपटक परीक्षण गरिएको ९ वटा रिपोर्ट सार्वजनिक भएको हो ।

अस्पतालले आज विहानै सार्वजनिक गरिएको रिपोर्टमा मृतक बेहनासहित सबैमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

भेरी अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजमा भनेको छ,‘ भेरी अस्पतालमा आरटीपीसीआरबाट परीक्षण गरिउका नौवटै सेम्पलहरु नेगेटिभ ।’

प्रदेश -५ मा सञ्चालनमा आएका प्रयोगशालामध्य भेरी अस्पताल दोस्रो हो । यसअघि भैरहवामा प्रयोगशाला सञ्चालनमा छ ।

भेरी अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले पनि परीक्षण गरेको पहिलो पटकको कोरोना परीक्षण नतिजा सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस !