१५ चैत्र २०८०, बिहिबार

बाँकेमा आइसोलेशनमा रहेका एक बिरामीको मृत्यु

प्रकाशित मिति :  18 April, 2020 2:08 pm


बाँके, ६ बैशाख ।

बाँकेमा कोरोना भाईरसको आशंकामा क्वारेन्टाइनमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. १ बढैयाका ४२ वर्षका स्माइल बेहनाको आज विहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो।

उनको कोरोना जाँच भने भएको थिएन । मृत्युपछि मात्र कोरोना जाँचका लागि स्वाब संंकलन गरिएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा.रोमन किदवाईले तीन दिन अघि सिकिस्त बिरामी भइ उपचारमा आएका बेहनालाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको जानकारी दिए ।

डा.किदवार्ईले उनी कोरोनासँग मिल्दोजुल्दो लक्षणहरु ज्वरो, रुघाखोकी र स्वास फेर्न कठिनाइ भएको अवस्थामा आएको बताए । शिक्षण अस्पताल नेपालगन्जमा आइसोलेसनमा अहिले पनि १३ जनाको उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !