५ जेष्ठ २०८१, शनिबार

सडक नाटक गरी अर्घाखाँचीमा मनाइयो लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

प्रकाशित मिति :  26 June, 2023 9:54 pm


अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस अर्घाखाँचीमा मनाइएको छ ।

लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन सदरमुकाम सन्धिखर्क र्‍यालीसहित बजार परिक्रममा गरि सडक नाटक पस्तुत गरिएको थियो । लागूऔषधको ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड सहित र्‍याली निकालिएको थियो ।

यस्तै पछिल्लो समय लागु औषधको कुलतमा दिनप्रतिदिन फस्नेको संख्या बढ्दै गएकाले यसको रोकथामको लागि सबै क्षेत्रको सहयोगको आवश्यक पर्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए । लागू पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचविखन लगायतका क्रियाकताप गैर कानुनी भएको बताउँदै यस्तो क्रियाकलापमा संलग्नलाई कडा कारवाही हुने उनले बताए । यस्तै आफ्ना छोराछोरीको गतिविधीमा समेत अभिभावकले ध्यान पुर्ण तरिकाले हेर्नु पर्ने विषयमा रिजालले जोड दिए ।

प्ले कार्डमा हामी सवैको आवाज लागू औषत मुक्त समाज,लागु औषध लिने बानी स्वास्थ्य र धनजनको हानी, लागू पदार्थको नशा जीवनको दुर्दशा लगायतका विषय बस्तुलाई प्ले कार्ड मार्फत जनचेतना गराइएको थियो ।

कार्यक्रममा सिद्वार्थ नाटक समुह कपिलवस्तुले पछिल्लो समय युवा पिढी लागु औषतको कुलतमा फस्दा अभिभाव र समाजमा पर्ने असर बारेमा जनचेतना मुलक सडक नाटक पस्तुत गरेको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल लगायतको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !