१६ बैशाख २०८१, आइतबार

भारतमा भारी वर्षाले जनजीवन प्रभावित

प्रकाशित मिति :  10 July, 2023 7:48 am


काठमाडौँ । भारतमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ । लगातार दुई दिनसम्म भारी वर्षाको कारण दिल्ली एनसीआर र पश्चिमी उत्तर प्रदेशमा विद्यालयहरु बन्द गर्न आदेश दिएको छ।

गाजियाबाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगरका जिल्ला मजिस्ट्रेटले कन्वर यात्रा र भारी वर्षाका कारण जुलाई १० देखि जुलाई १५ सम्म सबै विद्यालयहरूमा बिदाको घोषणा गरेका छन्।

उत्तर प्रदेशका धेरै जिल्लाहरूमा वर्षाको सन्दर्भमा पहेँलो चेतावनी जारी गरिएको छ । पश्चिमी उत्तर प्रदेशमा केही दिनदेखि लगातार वर्षा भइरहेको छ । सोमबार पनि राज्यमा भारी वर्षाको सम्भावना रहेको छ ।

राजधानी नयाँदिल्लीमा पछिल्लो १२ घण्टामा १२६ मिलिमिटरसम्म वर्षा भएको रेकर्ड रहेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यमुना नदीको बाढी खतराको तहसम्म पुगेपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !