२४ बैशाख २०८१, सोमबार

पाेखरामा प्रथम एसइई फुटसल सम्पन्न, साेसल पब्लिक विजयी

प्रकाशित मिति :  11 July, 2023 8:15 am


पोखरा । पोखरा १० बुद्धचोक स्थित सोसल पब्लिक स्कूलकाे आयाेजनामा प्रथम एसइई फुटसल प्रतियोगिता सम्पन्न भएको छ । २०७९ सालको एसइई दिएका विद्यार्थीहरुलाई लक्षित गरी आयोजित प्रतियोगिता आयोजक टिमले नै विजयी भएकाे छ ।

सोमबार पोखरामा भएको फाइनल खेलमा प्रतियोगिताको आयोजक सोसल पब्लिकले वेलनन एकेडेमीकाे टिमलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो।

विजेता सोसल पब्लिकले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता वेलननले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएकाे छ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, विद्यालयका संस्थापक प्रवन्ध निर्देशक खिम गुरुङ, विद्यालयका प्रधानाध्यापक सिद्धार्थ शर्मालगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सोसल पब्लिकमा बाल कक्षा देखि १२ कक्षा सम्म अध्यापन हुँदै आएको छ । होटल म्यानेजमेन्ट र कम्पूयुटर साइन्स विषयमा अध्ययन अध्यापन हँदै आएको विद्यालयका संस्थापक प्रवन्ध निर्देशक गुरुङले बताए।



प्रतिक्रिया दिनुहोस !