१५ बैशाख २०८१, शनिबार

पार्टी फुट्ने भएपछि रातारात समाजवादी र राजपाबीच पार्टीबीच एकीकरणको सहमति

प्रकाशित मिति :  23 April, 2020 6:39 am


गएराती पार्टी एकीकरणको सहमतीपत्रमा हस्ताक्षर गरेपछि राजपा र साजवादी पार्टीका नेता । फोटोः विश्वदीप पाण्डेको फेसबुकबाट

काठमाडौं, ११ वैशाख ।

राष्ट्रिय जनता पार्टी र समाजवादीबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ । सरकारले ल्याएको अध्यायादेशका कारण पार्टी फुट्ने भएपछि हतारमा दुबै दलले गएराति पार्टी एकीकरणको निर्णय गरेका हुन् ।

गएराति अबेर दुइ दलका नेताहरुबीच पार्टी एकीकरणको सहमतीपत्रमा हस्ताक्षर भएको छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी हुने भएको छ ।

एकीकृत पार्टीको झण्डा यसअघि समाजवादी पार्टीले प्रयोग गर्दै आएकोलाई प्रयोग गर्ने र चुनाव चिन्ह राष्ट्रिय जनता पार्टीको प्रयोग गर्ने सहमति भएको छ । समानताको आधारमा एकीकरण गर्ने सहमति भएको हो सहमतीपत्रमा उल्लेख छ ।

सहमति पत्रमा भनिएको छ,‘ आवश्यकता पूर्तिका लागि हिमाल,पहाड,मधेशका सबै राष्ट्रियताहरुको पहिचान र अधिकारसहितको संघीयता, समृद्धी,सुशासन, समाजवाद स्थापित गर्न तथा राष्ट्रिय मुक्ति आन्दोलनको आँधीबेरी सृजना गर्न अपरिहार्य भएकाले नेपालको राजनीतिमा अग्रगामी परिवर्तनकारी शक्तिको रुपमा रहेको दुई पार्टीबीच एकीकरण गर्न सहमत भएका छौं ।’

समानताको आधारमा पार्टी एकता गर्ने भनेपनि नेतृत्वको विषयमा भने टुंगो लागेको छैन । सरकारले पार्टी फुटाउन सहज हुने गरि अध्यादेश ल्याएको दुईदिनमै समाजवादी फूटेको संघारमा पुगेपछि दुइदलबीच रातारात एकीकरणको सहमति भएको हो ।

प्रतिनीधिसभामा समाजवादीको १७ र राष्ट्रिय जनता पार्टीको १७ जना सांसद छन् ।  तर, समाजवादी पार्टीका ७ जना सांसदले पार्टी फुटाउने निर्णय गरिसकेका छन् ।

अध्यादेशको पहिलो सिकार समाजवादी पार्टी, रेणु यादवको नेतृत्वमा नयाँ दल गठन गर्ने निर्णय



प्रतिक्रिया दिनुहोस !