१४ बैशाख २०८१, शुक्रबार

पार्टी फुटाउने निर्णय गरेका समाजवादी पार्टीका सांसद पाँचतारे होटेलभित्र, फकाउदै नेता अशोक राई

प्रकाशित मिति :  23 April, 2020 8:31 am


काठमाडौं, ११ वैशाख ।

समाजवादी पार्टी फुटाउने निर्णय गरेका सांसदहरु काठमाण्डौंको नक्सालमा रहेको पाँचतारे मेरोईट होटेलमा बसेका छन् ।

समाजवादी पार्टीका नेताले भने सरकारले होटेलमा राखेको आरोप लगाएको छ । उनीहरुलाई फकाउन पार्टीका वरिष्ठ नेता अशोक राईलाई पठाएको छ ।

गएराति बसेको बैठकले नेतृ रेणु यादवको नेतृत्वमा,पूर्व पूर्वमन्त्री मोहम्मद ईश्तियाक राई, पूर्व राज्यमन्त्री डा.सुरेन्द्र यादव, सांसद प्रदीप यादवसहित ७ जना सांसदले नयाँ दल गठन गर्ने निर्णय गरेका थिए ।

पार्टी विभाज रोक्न गएराति नै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले एकता गर्ने निर्णय गरिसकेका छन् । समाजवादी पार्टीका एक केन्द्रीय सदस्यले भने,‘ उहाँहरुलाई मेरोईट होटेलमा राखेको जानकारी आएको छ, अहिले त्यहाँ हाम्रा नेता अशोक राई जानुभएको छ । हेरौं के हुन्छ ।’

ति केन्द्रीय सदस्यका अनुसार सरकारले पार्टी फुटाउन उनीहरुलाई पाँचतारे होटेलमा राखेको आरोप लगाएको छ ।

समाजवादी पार्टीको १७ जना सांसद छन् । समाजवादी पार्टीले आफ्नो दल फुटाउन सरकारले सांसद अपहरण गरेको आरोप लगाएको थियो ।

सरकारले पार्टी फुटाएर नयाँ दल गठन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत पुराउनुपर्ने ब्यवस्थालाई संसोधन गर्दै दुई मध्य एकमा ४० प्रतिशत पुराए हुने अध्यादेश ल्याएको थियो । यसको पहिलो सिकार समाजवादी दल भएको हो ।



प्रतिक्रिया दिनुहोस !