२२ बैशाख २०८१, शनिबार

’पाँचतारे होटेलमा राखिएका समाजवादी पार्टीका केही सांसद घेरा तोडेर उम्किए’

प्रकाशित मिति :  23 April, 2020 9:24 am


आपहरणमा परेको दाबी गरिएका समाजवादी पार्टीका सांसद यादव, सञ्चार विभाग उपप्रमुख विश्वदीप पाण्डेसँग । फोटो : विश्वदीप पाण्डेको ट्वीटरबाट

काठमाडौं, ११ वैशाख ।

समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थमन्त्री सुरेन्द्र यादव नक्सालमा रहेको पाँचतारे होटेल मेरियटबाट उम्कन सफल भएको समाजवादी पार्टीले दाबी गरेको छ ।

समाजवादी पार्टीका सूचना विभाग उपप्रमुख विश्वदीप पाण्डेले यादवसँगको फोटो हाल्दै प्रधानमन्त्रीले ‘होटेलभित्र बनाएको घेरा’बाट उम्किएको दाबी गरेका छन् ।

पाण्डेले यादवसँगको फोटो हाल्दै भनेका छन्,‘हिजो बेलुका कसरी अपहण भयो,प्रशासनबाट के के दुःख भोग्नु पर्यो प्रमले राती फोनमा के भन्नुभयो, विहान होटेलबाट कसरी भागें भनेर विस्तृतमा सुनाउँदै सुरेन्द्र यादव जी ।’

पाण्डेका अनुसार प्रधानमन्त्रीको आदेशमा होटेल मेरियटमा बनाएको घेरा तोडेर यादव भागेको थिए । पाण्डेले समाजिक सञ्जाल ट्वीटरमा भनेका छन्,‘ यादवजी पिएसओलाई पनि झुक्काएर निस्कन सफल हुनुभएको छ ।’

समाजवादी पार्टी फुटाउने निर्णय गरेका सांसदहरु काठमाण्डौंको नक्सालमा रहेको पाँचतारे होटेल मेरियटमा थिए । समाजवादी पार्टीले प्रधानमन्त्रीको निर्देशनमा होटलभित्र थुनेको आरोप लगाएको छ ।

सांसद यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अपरहण गरेका समाजवादीको आरोप थियो । समाजवादी पार्टीकी नेतृ रेणु यादवको नेतृत्वमा ७ जना सांसद मिलेर नयाँ गठन गर्ने निर्णय गरेका छन् ।

तर, यसलाई रोक्न समाजवादी पार्टीले अन्तिम कसरत गरेका छन् । सांसदहरु होटेल मेरियटमा रहेको थाहा पाएपछि वरिष्ठ नेता अशोक राई होटेलमै पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !